काठमाण्डौ,१ कार्तिक । निर्वाचन आयोगले पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता कार्तिक ५ गते गर्न सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आह्वान गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आज पत्रकार सम्मेलन गरी मंसीर १० गते पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन आगामी कार्तिक ५ गते गर्न सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आह्वान गरेका हुन ।
आगामी मंसीर १० गते पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा निर्वाचन तर्फ ३७ वटा निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा क्षेत्रमा निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्न निर्वाचन आयोगले सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आह्वान गरेको हो । प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारी मनोनयनका लागि गत असोज २९ गते नै जिल्ला सदरमुकामहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेको पनि स्मरण गराए। निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि आगामी आईतबार विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समयसिमा पनि तोकि दिएको छ ।निर्वाचन आयोगले समानुपातिक तर्फका लागि राजनीतिक दलहरुले दिएको उम्मेदवारी रितपूर्वक भए नभएको छानवीन भईरहेको पनि जनाएको छ ।