आज राति उल्का वर्षा हुने,राति १० बजेदेखि भाेलि बिहान ४ः ४५ सम्म देख्न सकिने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ३ कात्तिक. हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ ।

उल्का वर्षा स्थानीय समय अनुसार आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उल्का वर्षा हेर्नको लागि राति १२ ः ४५ पछिको समय उत्तम रहेको उनले बताए । अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रति सेकेण्ड ६७ किलोटिरसम्म हुने भएकोले करिब सात किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने अध्यक्ष भट्टराईले बताए । पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्ने गर्छन् । यसैलाई उल्का वर्षा भन्ने गरिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।