उत्तर पश्चिमी वायुले चिसो बढ्यो, तापक्रम एकै दिन ४ डिग्रीले घट्यो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,७ कात्तिक । उत्तर पश्चिमी वायुको सक्रियताले राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ । चिसो बढेसँगै काठमाडौँमा एक्कासी तापक्रम घटेको छ । मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उत्तर पश्चिमी वायु भारतको जम्बुकास्मिरबाट हिमाली क्षेत्र हँुदै आएको र अर्कोतर्फ रातमा आकाश खुला भई पृथ्वीको सतह चिसिएकाले एक्कासी तापक्रम घटेको उनले बताए ।

हिजो १५.५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम घटेर आज ११.४ डिग्रीमा पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ११.४ र अधिकतम २६.४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जोमसोममा चार र सबैभन्दा बढी जनकपुरमा २१ डिग्री सेल्सियस रहेको छ ।