दुर्घटनामा तीनजनाको मृत्यु ,१० जना घाइते

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

सुर्खेत, २५ कात्तिक ।सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा४ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा वीरेन्द्रनगर–९ का ३१ वर्षीय पारश तिवारी, दैलेख नौमूलेका ५६ वर्षीय रत्नबहादुर सिजाली र नौमूलेकै ४५ वर्षीय जिसी राना रहेका छन् । दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

घाइतेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । तीव्रगतिका कारण गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।  (रासस)