आज विश्व मधुमेह दिवसः अझै मधुमेहबारे सचेत बनाउनु आवश्यक

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, २८ कात्तिक । अाज विश्व मधुमेय दिवस । यस वर्ष ‘महिला र मधुमेह  स्वस्थ भविष्य हाम्रो अधिकार’ भन्ने नाराका साथ आज विश्व मधुमेह दिवस मनाइँदैछ ।  मधुमेहका कारण प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने बताइन्छ । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूहअन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणमध्ये नवौँ कारण रहेको चिकित्सकको भनाइ छ ।

तिलगंगा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा रबा थापा मधुमेहले शरीरका अन्य अंगमा असर पारेजस्तै आँखामा पनि असर पार्ने बताउछन। उनले डायवेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था रहेको र मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको बताएका छन ।

संसारमा कूल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यही डायवेटिक रेटिनोपेथीको कारणले हुने, आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको उहाँको अनुभव छ । त्यसैले, सम्पूर्ण मधुमेहबाट ग्रसित महिलाले मधुमेहको उचित व्यवस्थापन र स्वास्थ्य स्थितिमा सुधारका लागि सस्तो, सर्वसुलभ तथा स्वास्थ्य शिक्षामा समान पहुँच हुनुपर्नेमा जोड दिइएको छ ।

मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिरामीको आँखामा असर पर्ने देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसक्ने चिकित्सक बताउँछन् ।

नेपालमा अहिले नौ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान छ । विश्व स्वास्थ्य संघका अनुसार विश्वमा प्रत्येक १० सेकेण्डमा एकजना व्यक्ति मधुमेहको बिरामी बन्ने गरेका छन् भने एकजनाभन्दा बढीको मधुमेहजन्य रोगको समस्याकै कारण मृत्यु हुने गरेको छ । विश्व मधुमेह महासंघका अनुसार सन् २०१५ मा विश्वभरमा ५० लाख मानिसको मधुमेह रोगका कारण मृत्यु भएको थियो ।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई मानिसको जीवनशैलीमा आएको परिवर्तन, जस्तै गुलियोप्रेमी हुनु, बढी नुनिलो चिज मन पराउनु, चिल्लोयुक्त खानपान, अत्यधिक कार्बोहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपन बढेको र त्यसैले मधुमेहले महामारीको रूप लिँदै गएको बताउछिन । रास