सुरक्षा चुनौती वढेसंगै सेनालाई समेत आवश्यक जाचको जिम्मा ,२ सय जना पक्राउ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौं २ मंसिर । सुरक्षा चुनौती वढेसंगै केन्द्रीय सुरक्षा समितिले आवश्यक परेको खण्डमा सेनालाई समेत आवश्यक जाचको जिम्मा दिएको छ । निर्वाचन क्षेत्रको सुरक्षा विश्लेषण गरि सेनाले पनि आफ्नो अधिकार प्रयोग गर्न सक्ने गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले बताए।
यसैबीच,विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधीमा संलग्न २ सय जनालाई पक्राउ गरिएको छ । उम्मेदवार लक्षित बम विस्फोटको श्रृंखला वढेपछि सुरक्षा निगरानी कडा पारिएको भन्दै निर्वाचन बिरोधी घटनामा संलग्न २ सय जना पक्राउ परेको प्रवक्ता शर्माले जानकारी दिए । यो संगै जिल्ला सुरक्षा समितिलाई पनि बढी सर्तकता अपनाउन गृहमन्त्रालयले निर्देशन दिएको छ । प्रदेश र प्रतिनीधिसभा निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न जल्लामा उम्मेदवार लक्षित विस्फाटनका घटना बृद्धि भएको छ ।