प्रकाश दाहालको अस्पताल ल्याउनु अघि नै निधन : नभिर्क अस्पताल

arjun News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पताल ल्याउँदै गर्दा निधन भएको अस्पतालले जनाएको छ । उनलाई हृदयघात भएको अनुमान गरिएको छ । चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए । अस्पतालका अनुसार प्रकाशलाई अाज बिहान ५;५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो ।अस्पताल परिसरमा अहिले अाफन्तजन, शुभेच्चुक र पार्टीकार्यकर्ताकाे भिड लागेकाे छ ।

छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन । प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए ।