प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि,बाबुले दिए दागबत्ति

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,३ मंसिर । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । प्रकाशका छोराको ब्रतबन्ध नगरेका कारण पिताले नै बुबाले नै दागबत्ति दिए । उनलाई अन्तिम श्रद्धान्जली दिन अस्पतालदेखि पशुपति आर्यघाटमासम्म विभिन्न पार्टीका शीर्ष नेताहरुका साथै कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको थियो ।स्व. दाहालको आज बिहान नर्भिक अस्पताल र्पुयाउनु अघि नै निधन भइसकेको अस्पताल प्रशासनले दाबी गरेको छ । मध्यान्न दाहालको निधनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ मुटुरोग विषेशज्ञ डा. जेपी जैसवालले आकस्मिक हृदयघातका कारण उनको निधन भएको जानकारी दिए ।

चुनावी कार्यक्रम अन्तर्गत झापामा रहनुभएका पिता नर्भिक अस्पताल पुगेपछि मात्रै प्रकाशको निधनको खबर औपचारिक रुपमा अस्पतालले जानकारी गराएको थियो । त्यसपछि उनको पार्थिव शरिरलाई दिउँसो साडे १ बजेदेखि साडे ३ बजेसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो । पार्टी कार्यालयमा अध्यक्ष तथा पिता पुष्पकमल दाहालले भावुक हुँदै छोराको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । त्यसपछि राष्टपति बिद्यादेबि भण्डारी, उपराष्टपति नन्दबहादुर पुन लगायत बिभिन्न पार्टीका अन्य नेता, कार्यकर्ता तथा सर्वसाधारणले उहाँलाई श्रद्धान्जली अर्पण गरेका थिए ।