वाम एकता धर्तीको कुनै पनि ताकतले रोक्न सक्दैन : खनाल

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

इलाम, ६ मंसिर । पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन ।इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा  भएको कार्यक्रममा उहाँले वाम गठबन्धनबाट अब पार्टी एकता हुन्छ “यसलाई धर्तीको कुनै पनि शक्तिले रोक्न सक्दैन्” भने ।पार्टी एकताको कुरामा विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप नेता खनालले लगाए ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन हुने उल्लख गर्दै उनले निर्वाचनपछि यस क्षेत्रको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने विचार व्यक्त गरे ।

जनताले चाहेजस्तो विकास नभए पनि क्षेत्र नं १ मा धेरै विकास निर्माण भएका छन्, केही बाँकी छन् तिनलाई पनि निर्वाचनपछि पूर्णता चर्चा गर्दै नेता खनालले लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा भएको र देशमा अव आउने परिवर्तनको नेतृत्व पनि वाम गठबन्धनले नै गर्ने उल्लेख गरे ।