काठमाडौँ, २३ मंसिर । काठमाडौँ क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका कृष्ण राई विजयी हुनुभएको छ । उहाँले १९ हजार १६९ र उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ प्राप्त गर्नुभएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष राई काठमाडौँको अत्तरखेलमा जन्मनुभएको हो ।
नेता नेपालको अग्रता
काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा एमालेका नेता माधवकुमार नेपालले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अगुवाइ गरिरहनुभएको छ । हालसम्म गणना भएको २७ हजार ६१७ मध्ये नेपालले १३ हजार ८७० र नेपाली काँग्रेसका दीपक कुइँकेलले सात हजार २८२ मत प्राप्त गर्नुभएको छ । यस्तै विवेकशील साझा पार्टीका डा सूर्यराज आचार्यले चार हजार ७५७ मत प्राप्त गर्नुभएको छ ।