भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवाल विजयी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

भक्तपुर, २५ मंसिर ।भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गर्नुभयो । यस्तै, क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो । नेपाल मजदुर किसान पार्टीका नीरज लवजूले सात हजार १९ मत तथा माओवादी केन्द्रका डिपी ढकालले ७८४ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेमकिपाका सुरेन्द्रराज गोसार्इंले २३ हजार १६४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रोमन शिलाकारले सात हजार ७३१ मत ल्याउनुभयो । काँग्रेसका अनिल भुजूले पाँच हजार ३०२ मत प्राप्त गर्नुभयो ।रासस)