समानुपातिक तर्फको अन्तिम मतपरिणाम भोलि आउने :आयोग

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको अन्तिम नतिजा भोलि मात्रै आउने भएको छ । अझै ४ जिल्लाको मतगणना जारी रहेकाले अन्तिम मतपरिणाम भोली मात्रे सकिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले यो समाचार तयार पार्दासम्म ९३ लाखभन्दा बढी मतगणना गरिसकेको छ । प्रतिनिधिसभा तर्फ हालसम्म नेकपा एमालेले सबैभन्दा बढी ३१ लाख १९हजार ३७६ मत ल्याउदै अग्रता कायम राखेको छ ।

नेपाली कांग्रेसले ३०लाख ५३ हजार ३१९ मत ल्याउँदा माओवादी केन्द्रले भने १२ लाख ७२ हजार ३४८मत ल्याएको छ । त्यसपछि क्रमश संघीय समाजवादी फोरमले ४ लाख ५६हजार ४३४, राष्ट्रिय जनता पार्टीले ४लाख ४५ हजार४८७, विवेकशील साझाले २ लाख ११हजार २९१, राष्ट्रिय प्रजातन्त्र पार्टीलले १ लाख ९३हजार ८१४ मत ल्याएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ८७ हजार ३९३, नयाँ शक्ति पार्टीले ८०हजार ५६५, राष्ट्रिय जनमोर्चाले ६२ हजार ४० मत पाएका छन् ।