कालीकोट,९ पुस । कालीकोटमा पुनः अनिश्चितकालीन कर्फयू लगाइएको छ ।विहान ८ बजेदेखि १० बजे सम्म २ घण्टाका लागि कर्फयू हटाइएको थियो । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबारदेखिनै कर्फयू लगाइएको छ ।
पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् । घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा मानबहादुर विकको संयोजकत्वमा एक छानविन समिती गठन गरेको भए पनि त्यस प्रति मृतकका आफन्तले असन्तुष्टि जनाएका छन् ।सरकार पक्षका व्यक्तिहरुलाई मात्रै समेटेर छानविन समिति बनाइएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।आफन्त र स्थानीयवासीले छानविन समितिमा जिल्लाका जनप्रतिनिधिहरुलाई समेत राख्न माग गरेका छन् ।

