काठमाडौँ, १४ पुस ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट आज जारी भएको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाल पर्वतारोहण संघको २७ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिको कदम असंबैधानिक नभए पनि अनुचित ढंगले चौतर्फी दबाबबाट आएको उक्त अध्यादेश भने आफैमा असंवैधानिक भएको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएर आगामी सरकारको नेतृत्व लिने अवस्थामा वर्तमान सरकारले नेतृत्व हस्तान्तरण गर्न आलटाल गरिरहेको टिप्पणी गर्दै आफूहरुले अध्यादेशलाई थप मुद्दा भने नबनाउने स्पष्ट गर्नुभयो ।
फरक प्रसंगमा अध्यक्ष ओलीले जनमतबाट सत्ता हस्तान्तरणको संघारमा पुगेको वर्तमान सरकारले गरेको महत्वपूर्ण निर्णय र नियुक्तिलाई आगामी सरकारले ‘मेकअप’ गर्ने धारणा राख्नुभयो । एमाले नेता ओलीले अब बन्ने नयाँ सरकारले दुवै छिमेकी मुलुक ९भारत र चीन० सँगको सम्बन्धलाई समान रुपमा पारस्परिक लाभको नीतिका आधारमा अघि बढाउने बताउनुभयो ।