काठमाडौँ, १९ पुस ।सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश ९क० मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज प्रदेश ९क० मा निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो ।
यसअघि पुस ७ गतेको सुनुवाइमा आजका संवैधानिक इजलासले निर्वाचन आयोग र उम्मेदवार दुवैलाई छलफलका लागि बोलाएको थियो । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा मतगणनाका क्रममा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सो प्रदेशमा पौडेलका प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार तथा विना विभागीय मन्त्री आशा कोइराला पाँच मतको अन्तरले विजयी हुनुभएको थियो ।