बुटवल, २२ पुस । रुपन्देहीका युवा व्यवसायी तथा नेकपा एमालेका कार्यक्रता बसन्त पौडेलको हत्याको विरोधमा गरिएको रुपन्देही बन्द भोली बिहान सात बजेसम्मका लागि फिर्ता लिइएको छ । पौडेल हत्याको बिरोधमा युवा संघ रुपन्देहीले हिजोदेखी अनिश्चितकालिन रुपन्देही बन्द आव्हान गरेको थियो । आज बेलुका साढे सात बजेबाट भोली बिहान सात बजेसम्मका लागि बन्द फिर्ता लिएको युवा संघ रुपन्देहीले जनाएको छ ।
दिनभरको रुपन्देही बन्दले त्यहाको जनजिवन प्रभावित बनेको थियो । पिडित परिवार तथा सरोकार पक्षले दोषीलाई तत्काल पक्राउ गरि कारबाही गर्न र पिडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

