शीतलहर प्रभावित तराईका २२ जिल्लामा २ करोड २२ लाख बराबरको राहत घोषणा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२४ पुस । शीतलहरका कारण प्रभावित तराईका २२ जिल्लामा सरकारले २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने घोषणा गरेको छ । चिसोका कारण प्रभावित तराईका २२ जिल्लामा प्रति जिल्ला १० लाख रुपैयाँ बराबरको कम्मल, दाउरा लगायत न्यानो सामाग्री वितरण गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले सरकारको मौज्दातमा रहेका कम्मल लगायतका सामाग्री तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको गृहसचिव मोहोनकृष्ण सापकोटाले बताउनुभयो । राहत वितरणका लागि केन्द्रबाट कम्मल लगायतका सामाग्री पठाउने क्रम सुरु भईसकेको उहाँले जानकारी दिनुभयो । जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारीसमा सो राहत वितरण गर्न गह मन्त्रालयले निर्देशन दिएको छ । तत्काल केन्द्रीय दैवि प्रकोप उद्दार कोषबाट सो रकम वितरण गर्ने निर्णय भएको गृह सचिव सापकोटाले बताउनुभयो