प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकता झिकाउन सर्वाेच्चको आदेश ,डा केसी साधारण तारेखमा छुटे

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२६ पुस । सर्वोच्च अदालतले प्रा।डा गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिदै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि मगाइएको छ ।डा गोविन्द केसी विरुद्धको अवहेलना मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो।

साथै प्रधानन्यायाधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनु, न्याय परिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु समेत समेत झिकाउन भनिएको छ ।

सर्वोच्चमा बयानका क्रममा डा केसीले पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमाथि प्रश्न उठाएका थिए। सर्वोच्चले प्राडा शशि शर्मालाई आइओएमका डिनमा पुनर्बहाली गर्न पराजुलीसमेत सम्मिलित इजलाशले गरेको फैसलासमेत झिकाउन आदेश दिएको छ।