काँग्रेस केन्द्रीय समितिको बैठककेही दिनभित्रै बस्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ३० पुस । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताउनुभएको छ । राजधानीमा आज आयोजीत साक्षात्कारमा उहाँले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको जानकारी दिनु भयाे ।

प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्ट पार्नुभयो । नेता शर्माले काँग्रेसले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको स्पष्ट गर्र्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने बताउनुभयो । नेता शर्माले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने बताउनुभयो ।