दाङमा जारी आमहडताल फिर्ता ,आन्दोलनको स्वरूप परिवर्तन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

दाङ, ६ माघ । प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल फिर्ता भएको छ । संघर्ष समितिको लमहीमा बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिनुभयो ।
भोलि बिहानदेखि त्यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, बजार नियमितरुपमा सञ्चालन हुनेछन् । त्यसैगरी चक्काजाम, धर्ना, ज्ञापनपत्र बुझाउनेलगायत आन्दोलनका कार्यक्रम भने जारी रहने आचार्यले जानकारी दिनुभयो ।