काबुल, ७ माघ (रासस÷सिन्ह्वा) । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा ताबिानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको समाचार छ । अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी अरु छ जना घाइते भएका छन् भने १०० जनालाई भने उद्वार गरिएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामको सो पाँचचारे होटलमा विस्फोटक पदार्थ जडित ज्याकेट (आत्मघाती ज्याकेट) लगाएका र हातहतियारहरु लिएका चारजना तालिबान आतङकबादीले आक्रमण गरेको जनाइएको छ । उनीहरुले शनिबार राति इन्टरकन्टीनेन्टल होटलमा आक्रमण गर्दा त्यहाँ कैयाँ विदेशी पर्यटक पनि रहेका थिए । आइतबार विहानसम्म पनि छिटफुट रुपमा बन्दुक पड्काईएको आवाज सुनिएको थियो भने होटलको धुरीबाट धुवाँको मुस्लो समेत देखिएको समाचारमा जनाइएको छ । आतङ्ककारीहरुले सो होटलमा हमला सुरु गरेपछि उनीहरुलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीको कारबाहीमा आक्रमणकारी नै मारिएका छन् ।
त्यस्तै मारिनेमा पाँच जना अफगान र एक विदेशी पर्यटक परेका छन् । मारिएकामा चार आत्मघाती आक्रमणकारी, एकजना अफगान नागरिक र अर्का एकजना विदेशी पर्यटक परेका यहाँका प्रहरी अधिकारीले पुष्टी गरेका छन् ।

