राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) पहिलो पटक प्रिन्टिङ एवम फोटोग्राफी एक्स्पो गर्दै, राष्ट्रपती बिद्या भण्डारीले उदघाटन गर्ने

arjun Business/अर्थ ब्यापार , News/समाचार , Others/अन्य , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

काठमाडौ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि २०७४ माघ १९,२० र २१ गते तदनुसार (फेब्रुअरि २, ३ र ४) मा काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने भएको छ ।
एनएफपीजे २०५३ सालमा स्थापना भएको देशभरका क्रियाशील फोटोपत्रकारहरुको छाता सङ्गठन हो । यसका ३२ वटा जिल्ला शाखाहरु रहेका छन् ।

एनएफपीजेले मुख्यतया फोटोपत्रकारहरुको हकहितका लागि आवाजहरु उठान गर्दै आएको छ भने फोटोपत्रकारको क्षमता तथा दक्षता अभिबृद्घिका लागि विभिन्न किसिमका कार्यक्रमहरु जस्तै तालिम, अन्तक्र्रिया, गोष्ठि, सेमिनार,अगार्ड तथा फोटो प्रदर्शनीहरुको आयोजना गर्दै आइरहेको छ।


एनएफपीजीको आयोजनामा हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्पो २०७४ को आयोजना गर्न लागेको हो । हेवी हेल्प लिंकले नेपालमा प्रिण्टिङ र फोटोग्राफीका विभिन्न उपकरणहरुको आयात गरी विक्रिवितरण गर्दै आएको छ ।

फोटो कन्सर्न यसको गोल्ड स्पोन्सर रहेकोछ भने मर्कन्टाईल सिल्भर स्पोन्सर र पाटन प्याथ ल्याब ब्रोन्ज स्पोन्सरको रुपमा रहेकोछ । यस एक्स्पोको विभिन्न ईभेन्ट म्यानेजमेन्टको कार्यमा सफलता हासिल गरेको वन अप इभेन्ट प्रा.लि. को ब्यवस्थापन रहेको छ । फोटोग्राफरहरुको संगठन काठमाडौं फोटोग्राफर संघ एक्स्पोको सह आयोजक हो भने नेपाल मुद्रण ब्यवशायि महासंघलाईपनि अर्को आयोजकको रुपमा समेटिएको छ ।
अन्तर्राष्ट्रिय स्तरको प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो नेपालमा पहिलोपटक हुन लागेको हो । प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको यस एक्स्पोमा सहभागिता हुने भएको छ । अमेरिका, जापान, कोरिया ,चिन, ताईवान, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले एक्स्पोमा प्रत्येक्ष रुपमा सहभागिता जनाउनेछन् ।

एक्स्पोमा कुल १ सय वटा स्टलहरु हुनेछन् जस्मा १३ ठूला र ८७ वटा साना स्टलहरु हुनेछन् । प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया ,फोटो प्रदर्शनी, फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिनेछ । प्रदर्शनी स्थलमा फुड स्टलको समेत ब्यवस्था गरिएको छ ।

प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहनेछन् ।

यस एक्स्पोको मुख्य उद्देश्य सबै प्रिन्टिङ तथा फोटोग्राफी क्षेत्रलाई समेट्ने प्रयास नै हो । उदाहरण स्वरुप, हाल हामीले प्रयास गरेअनुसार औधोगिक प्रिन्टर, कमर्शियल प्रिन्टर, प्रिन्टिङ प्रेस र क्यामरा तथा फोटोग्राफीसँंग सम्बन्धित सबै क्षेत्रलाई एक्स्पोमा समेट्ने प्रयास गरेका छौं । एक्सपोको समुद्घाटन् सम्माननिय उपराष्ट्रपति ज्यूले गर्नुहुनेछ ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) प्रिन्टिङ तथा फोटोग्राफीसँग सम्बन्धित सबै महानुभावहरुलाई यस अवसरको भरपुर सदुपयोग गर्नुहुन आग्रह गर्नुको साथै विभिन्न सञ्चार माध्यममा आबद्ध रहनुभएका सञ्चारकर्मीहरुले यस एक्स्पोको प्रत्यक्ष अवलोकन गरी समाचार सङ्कलन तथा सम्प्रेषण गरि मेलालाई भब्य रुपमा सफल पार्न महत्वपूर्ण सहयोग गरिदिनुहुन हार्दिक आग्रह गरेकोछ ।