पोखरा, २२ माघ ।प्रदेश नं ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षतामा आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।
आजको बैठकमा प्रत्येक ठूला दलबाट तीन÷तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक÷एकजना गरी ११ जनाले मन्तव्य ब्यत गरेका थिए । यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद हुनुहुन्छ । जसमध्ये नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद हुनुहुन्छ । प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख)बाट निर्वाचित राजीव गुरुङले भने हालसम्म शपथ लिनुभएको छैन ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

