काठमाण्डौ,२५ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि एमाले र माओवादी केन्द्रकै वर्चस्व रह्यो । निर्वा्चित र निर्विरोध गरी ५३ सिटको परीणम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । जसमा एमालेको २५ सिट छ भने माओवादीले ११ सिट जितेको छ । कांग्रेसले १३ सिट जित्दा राजपा र संघीय समाजवादी फोरमले २÷२ सिट जितेका छन् ।
प्रदेश १ को अन्य समूहतर्फ एमालेका परशुराम मेघी गुरुङ ,हरिचरण शिवाकोटी र काँग्रेसका रमेशजङ्ग रायमाझी निर्विरोध निर्वाचित भएका छन ।यस्तै महिलातर्फ एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल (निर्विरोध), निर्वाचित हुदाँ कांग्रेसका सरिता प्रसाईं रायमाझी पनि निर्विरोध निर्वाचित भएका छन ।दलिततर्फ एमालेका खेमराज नेपाली र अपाङ्ग र अल्पसंख्यकतर्फ पनि एमालेका अगमप्रसाद बान्तवा राई निर्वा्चित भएका छन ।
यस्तै प्रदेश २मा अन्य समूहतर्फ काँग्रेसका जीतेन्द्र देव , राजपाका रमेशप्रसाद यादव, र एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन ।महिलातर्फ माओवादी केन्द्र शशीकला दाहाल , कांग्रेसका मुक्ताकुमारी यादव र फोरम नेपालका प्रमिला कुमारी निर्वाचित भएका छन ।यस्तै अल्पसंख्यक वा अपाङ्गतर्फ राजपाका वृषेशचन्द्र लाल र दलिततर्फ फोरम नेपालका रामप्रित पासमान निर्वाचित भएका छन
यस्तै प्रदेश ३ एमालका बलराम प्रसाद बास्कोटा ,काँग्रेसका राधेश्याम अधिकारी, र माओवादी केन्द्रका रामबहादुर थापा भएका छन ।महिलातर्फ एमालेका उदया शर्मा पौडेल ,दिलकुमारी रावल थापा र काँँग्ेसका धनकुमारी खतिवडा निर्वाचित भएका छन ।दलिततर्फ एमालेका सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यक वा अपाङ्गतातर्फ पनि एमालेका रामचन्द्र राई निर्वा्चित भएका छन ।
यस्तै प्रदेश ४मा अन्य समूहतर्फ एमालेका गणेशप्रसाद तिमिल्सिना ,माओबादी केन्द्रका दीनानाथ शर्मा र काँग्रेसका सुरेन्द्रराज पाण्डे निर्वा्चित भएका छन ।
महिलातर्फ पनि एमालेका शान्तिकुमारी जिसी ,दीपा गुरूङ (निर्वा्चित) र काँग्रेसका विन्दादेवी आले निर्वा्चित भएका छन ।
दलिततर्फ पनि एमाले कै खिमकुमार विक र अल्पसंख्यक वा अपाङ्गतातर्फ भने काँग्रेसका प्रकाश पन्थ (निर्विरोध निर्वाचित भएका छन ।
यस्तै प्रदेश ५मा अन्य समूहतर्फ एमालेका खिमलाल भट्टराइ, माओवादी केन्द्र्रका चन्द्रबहादुर खड्का र काँग्रेसका दुर्गाप्रसाद उपाध्याय निर्वा्चित भएका छन ।महिलातर्फ काँग्रेसका अनिता देवकोटा , एमालेका कोमल वली र एमालेकै मिना बुढा निर्विरोध भई सकेका छन ।दलिततर्फ पनि एमाले कै रामलखन चमार र अल्पसंख्यक वा अपाङ्गतातर्फ भने माओबादी केन्द्रका राजकुमार कुँवर निर्वा्चित भएका छन ।

