प्रदेश नं ३ को सभामुखमा श्रेष्ठ निर्विरोध

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

हेटौँडा, २७ माघ ।प्रदेश नं ३ को प्रदेश सभामुखमा नेकपा (एमाले)का सानुकुमार श्रेष्ठ आज निर्विरोध चयन हुनुभएको छ । निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

मनोनयनका लागि दिइएको समयभित्र उहाँको मात्र उम्मेदवारी परेको ३ नं प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । श्रेष्ठको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का सालिकराम जमरकट्टेल र समर्थक नेकपा (एमाले)का रामेश्वर फुँयाल रहनुभएको थियो । निर्विरोध निर्वाचित सभामुख श्रेष्ठ काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वर निवासी हुनुहुन्छ ।

यसैबीच अहिले अपराह्न तीन बजे वस्ने प्रदेश नं ३ को संसद् वैठकले निर्वाचनको परिणाम घोषणा गर्ने तयारी भइरहेको प्रदेशसभा संसद् सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिनुभयो ।