योजना आयोगका उपाध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ६ फागुन । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई विगतमा गरेका कामप्रति धन्यवाद दिँदै उहाँको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको आजको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकले आयोगका उपाध्यक्ष वाग्लेलाई उहाँले सो पदमा रही गरेका कामप्रति धन्यवाद दिँदै राजीनामा स्वीकृत गरेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीसहित जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा हुनुहुन्थ्यो ।