देउवा सरकारको सिफारिस फिर्ता लिदै राष्ट्रिय सभामा तीन जना मनोनीत

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

 

काठमाडौं , ८ फागुन । ओली नेतृत्वको बर्तमान सरकारले तीन जना सदस्यलाई मनोनीत गर्दै राष्ट्रियसभालाई पुर्णता दिएको छ ।शेरबहादुर देउवाको सरकारले सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिँदै आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा, संविधानविद् रामनारायण बिडारी र डा विमला राई पौड्याललाई राष्ट्रियसभामा सिफारिस गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका तीन जनालाई आज नै राष्ट्रियसभाका सदस्यलाई मनोनीत गर्नु भएको छ ।अघिल्लो सरकारले गरेको सिफारिसलाई भने राष्ट्रपति भण्डारीले रोकेर राख्नु भएको थियो।खतिवडा र पौडेल एमाले तथा बिडारी माओवादी कोटाबाट सिफारिस भएका हुन् । देउवा सरकारले भने कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो । राष्ट्रपतिले मनोनीत गरेसँगै ५९ सदस्यीय राष्ट्रियसभाले पूर्णता पाएको छ। राष्ट्रियसभामा निर्वाचित ५६ र मनोनीत ३ जना रहने संवैधानिक व्यवस्था छ।