‘बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ ‘ सचिव ज्ञवाली

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

 

काठमाडौँ, ८ फागुन ।नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिनुभयो ।

सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने हुँदा त्यसका लागि आवश्यक संख्या मात्र मन्त्रिपरिषद्मा रहने बताउनु भयाे ।नेता ज्ञवालीले वर्तमान सरकारले लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्न लगानी बढाउने र संघीय संविधान कार्यान्वयनलाई प्राथमिकता दिने बताउनुभयो ।