प्रधानन्यायाधीशद्वारा महान्यायाधिवक्ता खरेललाई शपथ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । सरकारको मुख्य कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले खरेललाई मंगलबार नियुुक्त गर्नुभएको थियो । महान्यायाधिवक्ता खरेलले आजै पदबहालीसमेत गर्नुभएको छ ।