सरकारले मन्त्रालयकाे सख्या घटायाे , रिमाल प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा नियुक्त

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

 

काठमाडौँ, ११ फागुन । मन्त्रिपरिषद््को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो । बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १८ मन्त्रालय रहने पनि निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकलगत्तै अहिले नेकपा (माओवादी केन्द्र) सँगको एकता र मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक बसेकाे छ। बैठकको शुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको ६७ औँ जन्मदिनका अवसरमा केक काटिएको थियो । जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतहरु आएर शुभकामना दिनुभएको थियो ।