एमालेमा राष्ट्रपतिका लागि भण्डारी, खनाल र नेम्वाङ लबिङमा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,१२ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै सत्तासीन दल नेकपा एमालेभित्र दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् ।आयोगले २९ फागुनमा राष्ट्रपति निर्वाचन मिति तोकेको छ । राष्ट्रपतिका लागि एमालेभित्र दाबेदारहरूले लबिङ गरिरहेका छन् । राष्ट्रपति पदका लागि एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्वसभामुख समेत रहेका एमाले नेता सुवास नेम्बाङ लबिङमा छन् ।

एमाले उच्च स्रोतका अनुसार वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली रहेका छन् । तर, उनलाई पार्टीभित्रै ब्यालेन्स मिलाउन पनि भण्डारीबाहेकलाई नै राष्ट्रपति बनाउनुपर्ने दबाब छ । वर्तमान राष्ट्रपति भण्डारीले राष्ट्रपति पदका लागि माओवादी केन्द्रको समेत साथ लिएर सकेसम्म सहमतिमा नै कार्यकाल दो¥याउन चाहेकी छन् ।