भोलि हुने मन्त्रिपरिषद् विस्तारका लागि दुवै दल मन्त्री टुंगो लगाउने अन्तिम कसरतमा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,१३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद् विस्तारको तयारी गर्नु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दलले आज पार्टीभित्र औपचारिक अनौपचारिक रूपमा परामर्श गरेर मन्त्रीको टुंगो लगाउने र भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

मधेसवादी दललाई पनि सरकारमा सहभागी गराउन सत्तासीन दलले प्रयास जारी राखेका कारण पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको बताइएको छ। एमाले अध्यक्ष ओली फागुन ३ गते प्रधानमन्त्री चयन सँगै एमालेका दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् गठन गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ हुनेगरी तयारी भइरहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयले पनि भोलिभित्रमा मन्त्रिपरिषद् विस्तार हुने जनाएको छ ।एमाले माओवादीले मन्त्रीको टुंगो लगाउन आ–आफ्ना पार्टी अध्यक्षलाई जिम्मेवारी दिएको छ । एमालेभित्र अर्थमन्त्री र माओवादीभित्र गृह मिलाउन अध्यक्षद्वयलाई सकस परेको छ । अन्य मन्त्रीहरूका लागि समेत तेब्बरभन्दा बढी आकांक्षी देखिएपछि मिलाउन नेतालाई हम्मे परेको छ ।