नेपाली र भारतीय सेनाबीच सूर्यकिरण संयुक्त अभ्यास स्वीकृत

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १४ फागुन।नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गर्नुभएको छ । सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा आज पदबहाली गर्दा उहाँले पहिलो सो निर्णय गर्नुभएको हो ।

रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसीलगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी दिनुभएको थियो । मन्त्री पोखरेलसँग उद्योग र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव छ ।