प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

काठमाडौं,३० फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त हुनु भएको छ । न्याय परिषद ऐन २०७३ को दफा ३१ अनुसार न्यायपरिषदले प्रधानन्यायाधीश पराजुलीलाई पदमा नरहेको जानकारी गराएको हो। न्याय परिषदमा रहेको पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकतालगायतका कागजपत्रका आधारमा उमेर हदका कारण पराजुलीको कार्यकाल सकिएको परिषदको पत्रमा उल्लेख छ ।
परिषदका तर्फबाट पराजुलीलाई बुझाइएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा परिषद्का सचिव नृपध्वज निरौलाको हस्ताक्षर रहेको छ।