सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नरमा लामिछानेको उम्मेदवारी घोषणा

arjun News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,१ चैत । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वान अन्र्तगत लायनिस्टिक वर्ष २०१८–१९ का लागि विराटनगरमा हुन गइरहेको छैठौं महाधिवशेनको माहोल निकै तातिरहेको छ ।
बहुमत एस भोट प्राप्त गर्दै फस्ट भाइस डिस्ट्रिक्ट गर्भनर स्वतः डिस्ट्रिक्ट गर्भनर र सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नर स्वतः फस्ट भाइस डिस्ट्रिक्ट गर्भनर हुने प्रावधान लायन्स क्लबमा रहेको छ । अहिले फस्ट भाइस डिस्ट्रिक्ट गर्भनरको भूमिकामा लायन अनन्त भेटवाल तथा सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नरको भूमिकामा लायन राजन खत्री रहनु भएको छ । सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नरमा भने उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने भएकाले यो भिडन्तलाई निकै महत्वका साथ हेरिएको छ ।
सेकेण्ड भाइस डिस्टिक्ट्र गभर्नर पदमा लायन धनप्रसाद लामिछाने (एमजेएफ) ले पनि उम्मेदवारी घोषणा गर्नु भएको छ । लामिछाने नेपालकै उत्कृष्ट क्लब मानिने लायन्स क्लब अफ काठमाडौं जोरपाटीका पूर्व अध्यक्ष पनि हुन । लामिछानेले नेपालमा लायनवादको प्रभावलाई अझ शशक्त बनाउने अभिप्राय सहित आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो । नयाँ नेतृत्व चयन गर्न यही चैत्र १० गते महाधिवेशन हुदैछ ।