काठमाडौँ,२ चैत । अाज प्रतिनिधीसभाकाे उपसभामुखका लागि निर्वाचन हुँदैछ । नेपाली काँग्रेस र नेकपा एमालेका उमेदवार चुनावी मैदानमा रहेका छन । नेपाली कांग्रेसको तर्फबाट सांसद पुष्पा भुसाल र एमालेबाट शिवमाया तुम्बाहाम्फे बीच प्रतिस्पर्धा हुने भएकाे छ ।संघीय ससद नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुँदैछ।प्रतिनिधि सभामा एमालेको १२१ र माओवादीको ५३ सांसद छन्। प्रतिनिधी सभामा बाम गठबन्धनकै बर्चस्व रहेकाले उपसभामुख पनि सत्तारूढ दलकै हुने निश्चित छ ।

