उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ४ चैत ।वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ ।
उपराष्ट्रपति पदमा उहाँको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल हुनुहुन्थ्यो ।

यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहनुभएको थियो । उहाँलाई आजै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।