मस्को । साइबेरियाको कोइला खानी सहर केमेरोभोमा अवस्थित एक सपिङ सेन्टरमा भएको भिषण आगलागी भएकाे छ। आगलागीमा परेर कम्तिमा ४८ जनाको मृत्यु भएको छ ।सपिङ मलमा रहेका ४१ बालबालिकासहित ६४ जना अझै हराइरहेकाे बीबीसीले जनाएकाे छ । आगलागीका कारण भवनको विभिन्न भाग भत्कने खतरा रहेको छ ।
विन्टर चेरी कम्प्लेक्सको माथिल्लो भागबाट आगलागी शुरु भएको बताइएको छ । मर्ने मध्ये धेरै जसाे सिनेमा हलमा रहेका मानिस परेका छन ।मानिसहरु आगलागीबाट बच्न ५० फुटमाथि हाम फालेका छन ।स्थानीय अधिकारीका अनुसार उद्धारका लागि ६६० जना विपत् व्यवस्थापनका कर्मचारी खटाइएको छ ।आगलागीको कारण अझै पत्ता लागेको छैन । यसबारे अनुसन्धान शुरु भइसकेको छ ।

