काठमाण्डौ,१२ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हतारमा पार्टी एकता नहुने बताउनु भएको छ । उहाँले बाहिर चर्चा चले जस्तो ७०–३० को भागवण्डाका आधारमा पार्टी एकता नहुने समेत प्रष्ट्याउनु भएको छ ।अखिल क्रान्तिकारीको अगुवा कार्यकर्ता प्रशिक्षणको सम्मापन गर्दै दाहालले संगठनमा बराबरी भागवण्डा हुनु पर्ने जिकिर गर्नु भयो ।
स्थानीय तहको चुनावलाई आधार बनाएर संघ र प्रदेशको चुनावमा ६०–४० को भागवण्डा भएको बताउँदै उहाँले बाहिर भनिए जस्तो एमालेबाट २०० र माओवादीबाट ९९ जना लिएर केन्द्रीय कमिटी बनाउने नभई दुवैबाट बराबरी बाहेक पार्टी एकता नहुने अडान व्यक्त गर्नु भएको छ ।
विगतमा माओवादीका साथै एमालेले पार्टी एकता गर्दा बराबरी हैसियत दिएको उल्लेख गर्नु भयो । पार्टी एकतापछि महाधिवेशनसम्म आलोपालो अध्यक्षता गर्ने र दुबै अध्यक्षको क्षेत्राधिकार समान हुने बताउनु भयो । पार्टी एकता चाँडै गर्ने भनिएपनि कार्यविधि अझै नटुंगिएको र यसले समय लिने भन्दै बैशाख १० मा एकता हुनसक्ने संकेत गर्नु भएको छ ।

