एमाले संसदीय दलको उपनेतामा नेम्वाङ चयन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

 

काठमाण्डौ,२१ चैत ।नेकपा एमाले संसदीय दलको उपनेतामा सुवाष नेम्वाङ चयन हुनु भएको छ । पार्टी संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई संसदीय दलको उपनेता बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले पूर्वसभामुख नेम्वाङलाई संसदीय दलको उपनेता चयन गर्न प्रस्ताव गर्नु भएको थियो । बैठकले पार्टीको प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौंधरीलाई चयन गरिएको पनि नेता नेम्वाङले जानकारी दिनु भयो ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे पनि पार्टीका सांसदहरुलाई औंपचारिक जानकारी गराउनु भएको थियो । त्यसक्रममा उहाँले माओवादी केन्द्रसँग पार्टी एकताको सन्देश दिने गरी गाउँ फर्कन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको नेता नेम्वाङले बताउनु भयो ।

एमाले संसदीय दलले पार्टीका नेता एवम् पूर्व सांसद जागृतप्रसाद भेटवालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । निरंकुशता विरोधि आन्दोलनका योद्धा भेटवालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको पनि नेता नेम्वाङले जानकारी दिनु भयो ।