पर्सा, २९ चैत्र । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेताहरुको गुटउपगुटले नेपाली पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ । नेपाल तरुण दल केन्द्रीय समितिले आज वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले ठूला नेताहरुले आ–आफनो गुट उपगुट बनाएकै कारण तीनै तहको निर्वाचनमा पार्टीले हार व्यहार्नु परेको बताउनुभयो ।
महामन्त्री डा कोइरालाले काँग्रेसले जनताका पक्षमा गरिएको राम्रा कामबारे जनतालाई बताउन नसकेको र पार्टीभित्रको विवादले नै निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेकाले चार वर्षपछि हुने निर्वाचनकालागि अहिलेदेखि नै तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

