काठमाडौँ, ७ वैशाख । आज बस्ने भनिएको कांग्रेसको केन्द्रिय समितिको बैठक स्थगित भएको छ । शुक्रबार ११ बजे बस्नेगरी बोलाइएको बैठक काठमाडौ बाहिर गएका केन्द्रिय सदस्यहरु आइनपुगेकोले बैठक स्थगित गर्नु परेको पार्टी सचिवालयले जानकारी दिएको छ । चैत्र ९ गते देखि सुरु बैठक १६ गते चलेको थियो ।
यहि बीचमा केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि खुम बहादुर खड्काको निधन भए पछि बैठक बसेको थिएन । आज बोलाइएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल लगाएत धेरै केन्द्रिय सदस्य अनुपस्थित हुने भए पछि बैशाख ९ गते आइतबार ११ बजे बस्ने गरि बैठक स्थगित गरिएको छ । आमन्त्रित सहित कुल ८९ सदस्य केन्द्रिय समितिमा अहिले सम्म ४३ जनाले आफ्नो धारणा राख्नु भएको छ । बैठकमा मुख्य गरि भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले भोगेको पराजयको समिक्षा गर्दै आगामी दिनमा लिनुपर्ने कार्यदिशाका बारेमा छलफल हुदै आएको छ ।

