चितवन,१५ वैशाख ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका तर नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले सरकारी धन देखेपछि जस्ले पनि लुट्न खोज्ने भन्दै अलिकति खाइहालांै भन्ने मानसिकता हामी सबैमा भएकाले उद्योग फस्टाउन नसकेको बताउनुभयो ।
सरकारले केही नयाँ उद्योग शुरु गर्ने भन्दै त्यसमा आम जनता र विदेशीको पनि लगानी हुनसक्ने उहाँले बताउनुभयो । निकट भविष्यमै फलामको उद्योग शुरु गर्ने भन्दै उहाँले अन्य उद्योग क्रमश थप्दै लगिने बताउनुभयो ।

