काठमाण्डौ,१६ वैशाख । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले सहमति र सल्लाहाबिना नै निर्वाचित केन्द्रीय समिति बैठक आव्हान गरेको भन्दै आपत्ती जनाउनुभएको छ । केन्द्रीय समिति बैठक सकिए लगत्तै सभापतिले एक्कासि पदाधिकारी नियुक्तिको लागि निर्वाचित केन्द्रीय समितिबैठक बोलाएको भन्दै उहाँले आपत्ती जनाउनुभएको हो । नेता पौडेलले आफुहरुसंग सल्लाह र सहमति नगरिकनै सभापतिले बैठकमा एक्कासी भोलीका लागि पदाधिकारी बैठक आव्हान गर्नुभएको भन्दै आपत्ती जनाउनुभयो ।
सभापति देउवाले आइतवार समापन भएको बैठकको अन्त्यमा पदाधिकारी नियुक्तिका लागि छलफल गर्न भन्दै निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बोलाएपछि नेता पौडेलले असन्तुष्ठी जनाउनुभएको हो ।पार्टीको महाधिवेशन भएको २ महिना भित्र गर्नुपर्ने पदाधिकारी मनोनयन २ बर्ष पछाडि गर्नु विधान विपरित भएको भन्दै पौडेल पक्षिय नेताहरुले विरोध गर्दै आएका छन् ।

