काठमाडौं,२० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कतिपय महत्वपूर्ण मानिएका सार्वजनिक विदा कटौती गरिएको प्रति असन्तुष्टि ब्यक्त गर्नु भएको छ । साथै उहाँले त्यस्ता कटौति भएका सार्वजनिक बिदा पुनरावलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताउनु भयो ।
आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँगको भेटमा अध्यक्ष दाहालले पर्याप्त छलफल विना विदा कटौती गर्दा समस्या आएको पनि बताउनु भयो ।विदा पुनरावलोकनको पहल गरिदिन आग्रह गर्दै आदिवासी जनजाति नेताहरु आज बिहान दाहाल निवास खुमलटार पुगेका थिए ।
गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो ।आदिवासी जनजातिका अगुवाहरुले सरकारले कुनै सल्लाहबिना नै पर्व बिदा कटौति गरेको भन्दै असन्तुष्ट जनाउदै आएका छन ।

