काठमाडौं । लुम्विनी स्थित ओशो जेतबनमा तीन दिने ध्यान सिविर सम्पन्न भएको छ । भारतबाट आएका सदगुरु ओशोका शिष्य स्वामी अशोक भारतीले सिविर सञ्चालन गरेका थिए ।
बुद्धपूर्णिमाको अवसरमा राखिएको ध्यान सिविरमा सय ५० भन्दा बढि ओशो सन्यासशी तथा ओशो प्रेमिहरुको सहभागिता रहेको थियो । सिविरमा नेपाल लगाएत छिमेकी राष्ट्र भारत, अमेरिका, बेलायत लगाएतका देशबाट पनि सहभागिहरु आएका थिए ।ध्यान सिविरको अन्तिम दिन २५ ओशो प्रेमिहरूले सन्याश दिक्षा लिएका थिए।
पुनाबाट आएका स्वामी अशोक भारतीले नेपाल अध्यात्म जगतमा प्रचुरता बोकेको देश भएको बताउदै यहाँको माटो ध्यानको लागी उर्वर रहेको समेत बताएका छन ।

केही महिना पहिला काठमाडौंको तपोवनमा शिविर संचालनको लागी आउदा पाएको प्रेम र आत्मियताको कारण आफु नेपाली सन्यासीहरू प्रती सधै सकारात्मक रहेको बताउने स्वामी भारतीले यस पटकको नेपाल बसाईका क्रममा विभिन्न स्थानमा ध्यान सिविरको सञ्चालन गर्नेछन् ।

