काठमाडौँ, २९ वैशाख । विभिन्न धार्मिक क्षेत्रको भ्रमणका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाँदा जाँदै उच्च राजनितीक भेटवार्ता गरेका छन । निर्धारित धार्मिक क्षेत्रको भ्रमण पुरा गरेका मोदीले त्यस लगत्तै भेटवार्ता सुरु गरेका हुन । प्रधानमन्त्री मोदीले राष्टपति विद्या भण्डारी, नेपाली समकक्षी केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,संघिय समाजवादी फोरमक अध्यक्ष उपेन्द्र यादव लगायत प्रमुख राजनीतिक दलका नेताहरु सँग छुट्टाछुट्ै भेटवार्ता गरेका हुन ।
हिजो भारत बाट सिधै जनकपुर आइपुगेका प्रधानमन्त्री मोदी त्यहा तय भएका धार्मिक तथा अभिनन्दन कार्यक्रम पश्चात काठमाण्डौ आएका हुन । आज बिहान काठमाण्डौ हुदै मुक्तिनाथ क्षेत्र पुगेर फर्केका मोदीले आजै हिन्दु धर्माबलम्बहरुको पवित्रा धार्मिक केन्द्र पशुपतिनाथ मन्दिरमा विशेष पूजा अर्चना गरे । भारतीय प्रधानमन्त्री मोदीको यस पटकको नेपाल भ्रमण सरकारले निकै चासो र सफलताका साथ हेरे पनि नागरिक समाज र आमसर्वसाधारणले भने त्यति मन पराएका छैन ।भूकम्पले थला परेको त्यो अवस्थामा नाकाबन्दि लगाएर चरम यातना दिएको भन्दै जनताहरु उनको यस पटकको भ्रमण प्रति त्यति उत्साहित र आसाबादी नभएको जानकारीहरु बताउँछन ।

