कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री अाेली

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुन लागेको बताउनुभएको छ । मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा उहाँले विगतमा कम्युनिष्ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब दुई पार्टी कहिल्यै नफुट्ने गरी पार्टी एकीकरण गर्न लागेको बताउनुभयो ।

उहाँले मदन भण्डारी र जीवराज आश्रितको योगदानको कदर गर्दै उहाँहरुको स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्न लागेको बताउनुभयो । एकतामार्फत नै मदन भण्डारीले सोचेको सुखी नेपाली र स्वाभिमान नेपालीको सपना साकार पार्ने उहाँको भनाइ रहेको थियो ।
उहाँले दुवै पार्टीले नै एकताको निर्णय गरिसकेको भन्दै एकता संयोजन समितिको बैठकले अनुमोदन गरी दुवै पार्टीको संयुक्त केन्द्रीय कमिटी बैठकले एकताको निर्णय गरिसकेपछि निर्वाचन आयोगमा आजै नयाँ दल दर्ता गरिनेसमेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसलाई प्रतिष्पर्धी नभई सहयोगीका रुपमा लिएर जाने बताउनुभयो । रासस