काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डल फेरी बिस्तार भएको छ । बिस्तार संगै संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त भएका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन भने मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री नियुक्त गरेकी छन् ।