बोलेरो दुर्घटनामा पाँचको मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

चौतारा, २९ असार। सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ ।

अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

गम्भीर घाइते आठ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकाे छ । सो जीप सडकबाट करीब ४०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।